१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत झापाले जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका–७ स्थायी घर भई हल्दीबारी गाँउपालिका–२ बस्दै आएका २१ वर्षीय नवराज विश्वकर्मालाई फागुन २० गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश सन्तोषप्रसाद पराजुलीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो ।
आरोपितले ०७६ साउन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
अदालतको ०७६ भदौ १७ को आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा साउन ३१ गते गरिएको थियो ।