INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत,कैलालीले गौरीगंगा नगरपालिका —४ राजीपुरका ३० वर्षीय हरी केसी लम्साललाई फागुन १८ गते तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश बाबुकाजी बानियाको इजलासले कैद सजायसँगै कसुरदारबाट २५ हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपुर्ति भराउने आदेश भएको जिल्ला अदालत,कैलालीका श्रेष्तेदार राइभान कुन्जेडाले बताउनु भयो ।

०७६ मङ्सिर ८ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडत पक्षले आरोपित विरूद्ध मङसिर ८ गते जिल्ला प्रहरी कार्यालय,कैलालीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई मङ्सिर ८ गते गिरफ्तार गरी मङसिर ९ गते बलात्कार प्रयास कसुरमा जिल्ला अदालत,कैलालीमा मुद्दा दर्ता गरेको थियो ।

पीडतको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा भएको थियो ।

 

अन्य

भिडियो