INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई फागुन ११ गते दिउँसो यौन दुर्व्यवहार गरेको आरोपमा शहिदनगर नगरपालिकाका २७ वर्षीय गुरुदेव दासविरुद्ध पीडितकी आमाले इलाका प्रहरी कार्यालय यदुकोहामा दिएको उजुरी फागुन १२ गते दर्ता भएको छ ।

घाँस काट्न गएकी बालिकालाई बयर खान भनि प्रलोभन देखाएर यौन दुर्व्यवहार  गरेको पीडित बालिकाको आरोप छ । पीडित बालिकाले आफ्नी काकीलाई घटना बारे बताएपछि घटना बाहिर आएको हो ।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय यदुकोहामा फागुन ११ गते दिनु भएको उजुरी फागुन १२ गते दर्ता गरि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर दिपक बाबु केसीले बताउनु भएको छ ।

पीडित बालिकाको फागुन ११ गते प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर केसीले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो