१५ वर्षीया बालिकालाई फागुन ११ गते दिउँसो यौन दुर्व्यवहार गरेको आरोपमा शहिदनगर नगरपालिकाका २७ वर्षीय गुरुदेव दासविरुद्ध पीडितकी आमाले इलाका प्रहरी कार्यालय यदुकोहामा दिएको उजुरी फागुन १२ गते दर्ता भएको छ ।
घाँस काट्न गएकी बालिकालाई बयर खान भनि प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको पीडित बालिकाको आरोप छ । पीडित बालिकाले आफ्नी काकीलाई घटना बारे बताएपछि घटना बाहिर आएको हो ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय यदुकोहामा फागुन ११ गते दिनु भएको उजुरी फागुन १२ गते दर्ता गरि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय यदुकोहाका इन्स्पेक्टर दिपक बाबु केसीले बताउनु भएको छ ।
पीडित बालिकाको फागुन ११ गते प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर केसीले जानकारी दिनु भएको छ ।