महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन भइरहेको सुदूरपश्चिम औद्योगिक व्यापारिक मेलामा कलाकार ज्योती मगरको प्रस्तुतीका क्रममा होहल्ला र ढुङ्गा प्रहार भएपछि फागुन १२ गते प्रहरीले गरेको लाठ्ठी चार्जबाट बेदकोट नगरपालिका – ८ निवासी अनेरास्ववियूका जिल्ला सदस्य २३ वर्षीय भुवनसिंह विष्ट गम्भिर घाइते भएका छन् । ।
मञ्चमा कलाकार ज्योती मगरले उच्छृङ्खल प्रस्तृती गरिरहेको अवस्थामा केही व्यक्तिहरूले होहल्ला शुरु गरेपछि आफूले होहल्ला रोक्ने प्रयास गर्दा इन्सपेक्टर सुरज कार्कीले आफूमाथि नै लाठ्ठी र बुट प्रहार गरी निर्धात रूपमा कुटपिट गरी नियन्त्रणमा लिएको पीडित विष्टले बताउनु भयो ।
इन्सपेक्टर कार्कीको कुटपिटबाट विष्टको पीठिउ, हात, खुट्टा र टाउमा चोटपटक लागेको छ । कुटपिटबाट घाइते भएका विष्टले बोमेटिङ् गर्न थालेपछि मात्रै प्रहरीले उपचारका लागि महाकाली अस्पताल पु¥याएको स्थानीय धिरज जोशीले बताउनु भयो ।
प्रहरीको कुटपिटबाट घाइते भएका विष्टको उपचार महाकाली अस्पतालमा हुन नसकेपछि उहाँको थप उपचार धनगढीस्थित माया मेट्रो अस्पतालमा भइरहेको छ ।
औद्योगिक व्यापार मेलामा कलाकार ज्योती मगरले प्रस्तुती गरिरहेको अवस्थामा उच्छृङ्खल गतिविधि गर्ने र महोत्सव सचिवालयका कर्मचारीहरूमाथि हातपात गर्ने भिमदत्त नगरपालिका–१८ का २२ वर्षीय महेन्द्र बोहरा, सोही ठाउँका २१ वर्षीय दिलिप विष्ट,२३ वर्षीय अभिषेक खड्क र भिमदत्त नगरपालिका –३ का २४ वर्षीय नविन जोशीलाई गिरफ्तार गरी सोही दिन आफन्तको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका इन्सपेक्टर सुरज कार्कीले बताउनु भयो ।
