INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४०वर्षीया  खगेश्वरा दमाईंलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनका पति ५० वर्षीय  गीरबहादुर दमाईंलाई २०७६ फागुन ८ गते प्रहरीले गिरप्तार गरेको छ । सुर्खेत जिल्ला लेकवेशी गाउँपालिका–२ घर भएका दमाईंलाई नेपालगञ्जबाट फागुन ८ गते गिरप्तार गरी ९ गते बेलुकी महानगरीय प्रहरी बृत्त चापागाउँ, ललितपुरमा ल्याइ पुर्‍याएको बृत्तका प्रमुख एवम् डिएसपी कृष्णराज ओझाले बताउनु भयो ।
क्षयरोगबाट पीडित खगेश्वरालाई माघ २४ गते गोदावरी नगरपालिका–५ लेलेको सामुदायिक वनमा लडेर बेहोस भएपछि लठ्ठीले हिर्काएर हत्या गरेको अनुसन्धानमा खुलेको इन्सपेक्टर राजेन्द्र थापाले बताउनु भयो । क्षयरोगकै कारण समाजबाट पाएको अपहेलना सहन नसक्दा हत्या भएको हुन सक्ने महानगरीय प्रहरी वृत्त चापागाउँले गरेको अनुसन्धानका क्रममा खुलेको डिएसपी ओझाले बताउनु भयो । माघ २४ गते लेलेको कृषि फार्मममा काम छोडेर भागेर जाने क्रममा जङ्गलमा पत्नि लडेपछि कुटपिट गरी हत्या गरेर भागेको अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । फागुन ४ गते नग्न अवस्थामा खगेश्वराकोे शव भेटिएको थियो ।
शवको पछाडिको भागमा निल डाम देखिएको र कपडा पनि घटनास्थलमा छरिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम फागुन ११ गते पाटन अस्पताल लगनखेल, ललितपुरमा गरिएको डिएसपी ओझाले बताउनु भयो ।

अन्य

भिडियो