नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता सल्यान जिल्ला डार्मा गाउँपालिका— २ की ४८ वर्षीया बन्दु चन्दलाई प्रहरीले फागुन ७ गते जिल्ला कारागार,कैलालीको गेटबाट पुनः गिरफ्तार गरेको छ ।
जिल्ला कारागार,कैलालीमा थुनामा रहेकी प्रतिबन्धित नेकपाका कार्यकर्ता चन्दलाई फागनु ७ गते जिल्ला प्रशासन कार्यालय,कैलालीले रिहा गर्न आदेश दिएपछि उहाँलाई कारागारबाट रिहा गरेको थियो ।
जिल्ला प्रशासनको आदेशनुसार जिल्ला कारागार,कैलालीले रिहा गरेको भए पनि प्रहरीले कारागार परिसरबाटै चन्दलाई पुनः गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी सुदिप गिरीले पुनः गिरफ्तार गरिएको सम्बन्धमा आफूलाई जानकारी नभएको र सबै कुरा बुझेर मात्र जानकारी गराउन सकिने बताउनु भयो ।
०७५ फागुन ११ गते अछाम जिल्लाबाट गिरफ्तारीमा परेकी चन्दलाई सार्वजनिक हित विरूद्व कसुरमा ०७६ वैशाख ३१ गते जिल्ला अदालत, कैलालीको आदेशमा कारागार चलान गरेको थियो ।