INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रसुति भत्ता नपाएको सुत्केरी महिलाको गुनासो

कनकासुन्दरी गाउँपालिकाका सुत्केरी महिलाले प्रसुति भत्ता नपाएको गुनासो गरेका छन् ।

सुत्केरी महिलाहरूले ०७५ सालदेखि प्रसुति भत्ता नपाएपछि यस्तो गुनासो गरेका हुन् ।

गर्भवतीले चारपटक स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराएबापत आठ सय रुपियाँ र सुत्केरी पश्चात तीन हजार रुपियाँ प्राप्त गर्ने सरकारी प्रवधान छ तर ०७६ फागुन ४ गतेसम्म नपाएको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोताकी सुनमाया रावतले गुनासो गर्नुभयो ।

सुत्केरी भत्ता माग्न जाँदा गाउँपालिकाबाट बजेट नआएको स्वास्थ्यकर्मीले जवाफ दिँदै आएको उहाँले बताउनु ।

हाडिसन्जा बर्थिङ्ग सेन्टरमा ३८ र मालिकाबोता बर्थिङ्ग सेन्टरका २१ सुत्केरी महिलालाई भत्ता उपलब्ध गराउन गाउँपालिकाको स्वास्थ्य शाखामा तथ्याङ्क पठाएको हो । तर हालसम्म भत्ता नपाएको सुत्केरी महिलाले गुनासो गरेका छन् ।

यसैगरी गतवर्ष कात्तिक र वैशाख महिनामा सञ्चालन गरिएका भिटामिन र जुकाको औषधि खुवाएबापत महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने आठ सय रुपियाँ पनि नपाएको महिला स्वयंसेविकाले गुनासो गरेका छन् ।
कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाले गतवर्ष बजेट अभाव भएको र यो वर्ष पनि बजेट ढिलो आएको हुनाले समयमा सुत्केरी भत्ता दिन नसकेको बताउनुभयो ।

उहाँले केही दिनभित्र सबै सुत्केरी आमा र महिला स्वयंसेविकाले भत्ता पाउने आश्वासन दिनुभयो ।

अन्य

भिडियो