ललितपुरमा सञ्चालन हुँदै आएको बालगृहका सञ्चालक पक्राउ परेका छन् । बालगृहमा राखिएका बालबालिकाहरू माथि कुटपिट र यातना दिएको आरोपमा ललितपुर महानगरपालिका–२५, भैंसेपाटीमा रहेको श्री पुनर्स्थापना पवित्र चिल्ड्रेन होमका सञ्चालक पोखरा महानगरपालिका–७ की ३५ वर्षीया कमला बि.क.लाई प्रहरीले ०७६ माघ २५ गते गिरफ्तार गरेको छ ।
बालबालिकालाई कुटपिट र यातना दिइएपछि भागेका बालबालिकालाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको टोलीले उद्धार गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसन्धान अधिकृत इन्सपेक्टर सुरेश भट्टले बताउनु भयो ।
बालगृहमा हुने यातना सहन नसकेर संस्था छोडेर हिडेका बालबालिकाको बयानका आधारमा सञ्चालक बि.कलाई गिरफ्तार गरिएको महानगरीय प्रहरी परिसर, ललितपुर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनु भयो । संस्था छोडेर हिँडेका बालबालिकाहरूले प्रहरीलाई संस्थामा बालबालिकामाथि कुटपिट गरिने, यातना दिने र बालमैत्री वातावरण नभएकोले संस्था छोडेको बताएका छन् ।
बालगृहबाट भागेका चार बालिका सहित सात जना बालबालिकालाई महानगरीय प्रहरी परिसरले बालबालिका खोजतलास समन्यव केन्द्रमा पठाएको एसएसपी राईले बताउनु भयो । बालबालिकाहरूलाई सडकमा वेवारिसे अवस्थामा भेट्टाएकाले सोधपुछ गरी सञ्चालकलाई गिरफ्तार गरिएको समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहन दाहालले बताउनु भयो ।
पढाइदिने र टेबलमा बसेर खाना खान दिइने भनी बालगृहमा ल्याइएको थियो । बालगृहमा ल्याएपछि विद्यालय नपठाई घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने काममा लगाइदै आएको उद्धार गरिएकी ११ वर्षीया बालिकाले बताउनु भयो । बालगृहमा सञ्चालकले बालबालिकालाई शारीरिक यातना समेत दिने गरेको उहाँले बताउनु भयो ।
सरकारी निकायको स्वीकृति नलिइ बालगृह सञ्चालन गरेको पाइएको एसएसपी राईले बताउनु भयो । सञ्चालकलाई बालबालिका सम्बन्धी ऐन–२०७५ अनुसार अनुसन्धान गरी कारवाही गरिने राईले बताउनु भयो ।
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको छ ।