INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकको कुटपिटबाट विद्यार्थीको हात भाँचियो

सिरहा नपा–२ घर भई मिर्चैया नपा–६ स्थित स्वास्तिक पाठशालामा कक्षा ६ मा अध्यनरत १२ वर्षीय रितिक यादवको उदयपुर जिल्ला कटारी नपा–२ घर भई सोही विद्यालयमा अध्यापनरत ३१ वर्षीय शिक्षक ताराबहादुर कार्कीको कुटाइबाट माघ १२ गते हात भाँचिएको छ ।

pic 1 (2)
गृहकार्य नगरेको भन्दै सामान्य अनुशासनमा राख्न डर देखाउनको लागि कुटेको जस्तो गर्न खोज्दा विद्यार्थी पछाडी सरेर बेन्चमा लागी हात भाँचिएको र आफ्नो त्यसतो मनसाय नरहेको शिक्षक कार्कीको भनाइ छ ।
नेपाली विषयको गृह कार्य नगरेको भन्दै शिक्षकले कुटपिट गर्ने क्रममा हात भाँचिएको पीडितका ठुलाबुवा देवकुमार यादवले बताउनु भएको छ । गृहकार्य नगरेको भन्दै हातै भाँचिने गरी भौतिक सजाय दिन कुनै हालतमा नमिल्ने यादवले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले पीडितका ठुलाबुवा यादवले घटनाको मौखिक जानकारी गराउनासाथ आरोपित शिक्षकलाई गिरफ्तार गरिएको बताउनु भयो । इलाका प्रहरी कार्यालयमा पीडितका अभिभावक, मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव, प्रदेश सभा सदस्य जगत यादव, विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक, संचारकर्मीहरुको रोहबरमा मिलापत्र भएको छ ।
विद्यार्थीको उपचार खर्च दिने, विद्यार्थीलाई मानसिक यातना नदिने, शिक्षकहरुलाई तालिम प्रदान गराउने शर्तमा माघ १३ गते छलफल भई मिलापत्र भएको डिएसपी जैसवारले बताउनु भयो ।

pic 2 (1)

अन्य

भिडियो