४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्खला स्वास्थ्य चौकी बुलिङ्गटार गाउँपालिका–४ उपल्लो अर्खलाका प्रमुख ४२ वर्षीय टोकबहादुर सुस्लिङ्ग मगरलाई ०७६ माघ १२ गते गिरफ्तार गरेको छ ।
माघ २ गते पीडित महिलालाई आरोपित टोक बहादुरले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा माघ ३ गते मौखिक र माघ ४ गते लिखित उजुरी दिएका थिए ।
घटना पछि फरार रहेका टोक बहादुरलाई माघ १२ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सई टिकाराम पोखरेलले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ ३ गते चितवन जिल्ला अस्पताल भरतपुरमा गरिएको थियो ।