INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्खला स्वास्थ्य चौकी बुलिङ्गटार गाउँपालिका–४ उपल्लो अर्खलाका प्रमुख ४२ वर्षीय टोकबहादुर सुस्लिङ्ग मगरलाई ०७६ माघ १२ गते गिरफ्तार  गरेको छ ।

माघ २ गते पीडित महिलालाई आरोपित टोक बहादुरले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा माघ ३ गते मौखिक र माघ ४ गते लिखित उजुरी दिएका थिए ।

घटना पछि फरार रहेका टोक बहादुरलाई माघ १२ गते  गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सई टिकाराम पोखरेलले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ ३ गते चितवन जिल्ला अस्पताल भरतपुरमा गरिएको थियो ।

 

 

अन्य

भिडियो