INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्वतको बिहादी गाउँपालिका बस्ने पीडितकै ५५ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यलय पर्वतले गिरफ्तार गरेको छ ।

माघ ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तहरूले माघ ७ गते प्रहरीलाई मौखिक जानकारी गराएपछि आरोपितलाई उनकै घरबाट प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ७ गते  जिल्ला अस्पताल पर्वतमा गरिएको इन्स्पेक्टर विकास थापाले जानकारी दिनुभयो ।

इन्सेकका पर्वत जिल्ला प्रतिनिधी सन्तोष थापाको पहलमा पीडितलाई पोखराको एक सुरक्षा गृहमा राखिएको र आरोपित बाबुलाई हिरासतमा राखि बाल यौन दुर्व्यवहार अन्तर्गत माघ ८ गते पर्वत जिल्ला अदालतमा सरकारी वकिल कार्यलय मार्फत मुद्दा दायर भएको इन्स्पेक्टर थापाले बताउनुभयो ।

अन्य

भिडियो