INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका  आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–६ का ३५ वर्षीय हेमप्रकाश वलीलाई माघ ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई ०७६ मङसिर २२ गते यौन दुर्व्यवहार गरे पछि  फरार रहेका वलीलाई  घरबाटै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय  तुलसीपुरका डिएसपी हरिहरनाथ योगीले बताउनु भयो । पीडित पक्षले यौन दुर्व्यवहार गरेको भन्दै मङसिर २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण मङसिर २२ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको थियो ।

अन्य

भिडियो