INSEC Online

📅 २०८३ जेष्ठ २१

१५ वर्षीया बालिकाको कुटेर हत्या

पोखरीया नपा—९ सेमरबारी, पर्साकी १५ वर्षीया बालिका पुनिता कुमारी दासको आफ्नै परिवारका सदस्यले हत्या गरी घर नजिकै गाडेको आरोपमा २०७६ पुस २१ गते आमासहित चारजना गिरफ्तार भएका छन् ।

गिरफ्तार पर्नेमा पुनिताकी ३० वर्षीया आमा शिवकली देवी, २८ वर्षीय सन्तोष दास, ३९ वर्षीय राजेन्द्र दास र २० वर्षीय जितेन्द्र यादव रहेको र पुनिताका ३५ वर्षीय बुवा वीरेन्द्र दास भने फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले पुनिता हत्याको घटनाबारे बाहिर होहल्ला सुनेको र अनुसन्धानको क्रममा घटनासम्म पुग्न सफल भएको बताउनु भयो । फरार बुवाको खोजी र थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनु भयो ।

 

अन्य

भिडियो