सियारी गाउँपालिका–३ सित्तलनगरकी ३० वर्षीया चम्पा क्षेत्री कुमालको पति ३२ वर्षीय सनी कुमालले पुस २२ गते हथौडा प्रहार गरी हत्या गरेको छ । हत्या आरोपित सनीलाई प्रहरीले पुस २२ गते गिरफ्तार गरेको जनाएको छ ।
मृतकका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध पुस २३ गते उजुरी दिएका छन् । मादक पदार्थ सेवन गरेका आरोपितले परपुरूषसँग सम्बन्ध राखेको आरोपमा विवाद हुँदा हतौडाले टाउको, अनुहार, छाती र पेटमा हथौडा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
सात वर्षदेखि रोजगारीकालागि भारतमा बस्दै आएका सनी फर्किएपछि एक महिनादेखि पत्नीसहित सियारी गापा–१ म डेरा गरेर बस्दै आएका थिए ।
शवको पोष्टमार्टम पुस २२ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।