INSEC Online

📅 २०८३ श्रावण ६

हथौडा प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

सियारी गाउँपालिका३ सित्तलनगरकी ३० वर्षीया चम्पा क्षेत्री कुमालको पति  ३२ वर्षीय सनी कुमालले  पुस २२ गते हथौडा प्रहार गरी हत्या गरेको छ । हत्या आरोपित सनीलाई प्रहरीले पुस २२ गते गिरफ्तार गरेको जनाएको छ ।

मृतकका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध पुस २३ गते  उजुरी  दिएका छन् । मादक पदार्थ सेवन गरेका आरोपितले परपुरूषसँग सम्बन्ध राखेको आरोपमा विवाद हुँदा हतौडाले  टाउको, अनुहार, छाती र पेटमा हथौडा प्रहार गरी हत्या गरेको  प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

सात वर्षदेखि रोजगारीकालागि भारतमा बस्दै आएका सनी फर्किएपछि एक महिनादेखि  पत्नीसहित सियारी गापा१ म डेरा गरेर बस्दै आएका थिए ।

शवको पोष्टमार्टम पुस २२ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो