INSEC Online

📅 २०८३ जेष्ठ २१

औरही गाउँपालिकाका उपाध्यक्षलाईे निर्घात रुपमा कुटपिट

औरही गाउँपालिकाका उपाध्यक्ष मिना देवीलाई वहाँकै श्रीमान उपेन्द्र सहनीद्वारा पुस १९ गते दिउँसो निर्घात रुपमा कुटपिट भएको छ । गाउँपालिका उपाध्यक्षलाई आफ्नै श्रीमानले पटक–पटक कुटपिट गर्दै शारिरिक र मानसिक रुपमा हिंसा गर्दै आएको पीडित उपाध्यक्ष मिना देवी सहनीले बताउनु भयो ।

यसअघि पनि २२ दिन थुनामा परिसकेका श्रीमान उपेन्द्र सहनीले मिना देवीलाई पहिले पनि निर्घात रुपमा कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय औरही र जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । एक हप्ता अगाडि मात्रै जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षबाट घर गएका उपेन्द्र सहनीले पुन: श्रीमती मिना देवी सहनीलाई गाली गलौज गर्दै रक्सी खाएर कुटपिट गरेका हुन् ।

पटक–पटक घरमा आफुलाई निकै हेला गर्दै कुटपिट गरेकाले बाध्यतावश प्रहरीमा उजुरी गर्नु परेको उपाध्यक्ष मिना देवी सहनीले बताउनु भयो । कुटपिटबाट उपाध्यक्ष सहनीको शरिरको विभिन्न भागमा चोट लागेको छ ।

कुटपिट गर्दै हिंसा गरेको भन्दै उपेन्द्र सहनी विरुद्ध पीडित मिना देवीले जिल्ला प्रहरी कार्यालय धनुषामा पुस १९ गते उजुरी दिनु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पुस १९ गते नै गिरफ्तार गरि थुनामा राखेको एसपी रमेश कुमार बस्नेतले बताउनु भएको छ ।

पीडित मिना देवीको स्थानीय मेडिकल हलमा उपचार गरिएको छ ।

 

अन्य

भिडियो