INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका५ का २६ वर्षीय प्रकाश बिकलाई पर्वत जिल्ला अदालतको पुस १३ गतेको फैसलाले १२ वर्ष कैद सजाय र २५ हजार क्षतिपूर्तिको फैसला सुनाएको छ ।

जिल्ला अदालत पर्वतका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले बिकलाई कैद तथा क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

पीडित बालिकालाई बिकले ०७६ असोज २५ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तहरुले असोज २७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

उजुरी पश्चात प्रहरीले असोज २७ गते नै बिकलाई गिरफ्तार गरेको थियो । प्रहरी हिरासतमा रहेका बिकलाई अनुसन्धान पश्चात प्रहरीले कात्तिक ३ गते पर्वत जिल्ला अदालतमा सरकारी वकिल कार्यालयमार्फत जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २७ गते जिल्ला अस्पताल पर्वतमा गरिएको थियो ।

अन्य

भिडियो