INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जलजला गाउँपालिका–९ बनौका २१ वर्षीय विपिन नेपालीलाई पर्वत जिल्ला अदालतले पुस १४ गतेको फैसला अनुसार १८ वर्ष कैद र २५ हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले नेपालीलाई कैद तथा क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

पीडित बालिकालाई नेपालीले ०७६ साउन १७ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तहरुले साउन १८ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

उजुरी पश्चात प्रहरीले साउन १९ गते नै नेपालीलाई गिरफ्तार गरेको थियो । प्रहरी हिरासतमा रहेका नेपालीलाई अनुसन्धान पश्चात प्रहरीले साउन २८ गते पर्वत जिल्ला अदालतमा सरकारी वकिल कार्यालयमार्फत जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १८ गते जिल्ला अस्पताल पर्वतमा गरिएको थियो ।

अन्य

भिडियो