INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–१५ की ३६ वर्षीया रमिला राईको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति काजीमान राईलाई पुस ९ गते गिरफ्तार गरेको छ ।

पुस ९ गते घरायसी विवादका क्रममा आरोपितले चिर्पट प्रहार गर्दा घाइते भएकी पीडितको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारका क्रममा मृत्य भएको हो ।

रमिलाको मृत्यु भएलगत्तै आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

शवको पोष्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुस १० गते गरी शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो