भोजपुर नगरपालिका–४ सिद्धेश्वरको वडा कार्यालयमा अज्ञात पक्षले तोडफोड गरेको छ । पुस ६ गते राति तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
कार्यालयको झयाल ढोका, टेबल तथा अन्य सामग्री तोडफोड भएको प्रहरीको भनाइ छ । त्यस्तै तीन थान सिसी क्यामेरा, १८ दशमलब ५ इन्चको एक थान मनिटर चोरी भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताउनु भयो ।