INSEC Online

📅 २०८३ जेष्ठ २१

धनुषा विष्फोटः इन्सपेक्टर साहको संयोजकत्वमा सातसदस्यीय छानविन समिति गठन

क्षिरेश्वरनाथ नपा–५ मा भएको बम विष्फोट घटनाबारे छानविन गर्न धनुषाका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको छ ।

प्रहरी इन्स्पेक्टर साहको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरू गरेको इन्स्पेक्टर अवधेश यादवले जानकारी दिनुभएको छ ।

बम विष्फोट घटनामा सलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई मङ्सिर २८ गते बुलेका गिरफ्तार गरेको छ ।

प्रहरीले हंसपुर नपा–२ की सितादेवी महरा, सोही ठाउँकी ललितादेवी महरा र मिथिला विहारी नपा–१ का रामसोभित धानुकलाई गिरफ्तार गरेको जनाएको छ ।

अन्य

भिडियो