लक्ष्मीपुर पतारी गाउपालिकामा अज्ञात पक्षले मङ्सिर २७ गते राति १०:३० बजे तिर बम विष्फोट गराएको छ ।
बम विष्फोटबाट कार्यालय भवनको माथिल्लो तलाको झ्याल ढोकामा र छत माथिको जस्तापाताहरूमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष रामवल्लभव साहले जानकारी दिनु भयो ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहका अनुसार राति कुकर बम विष्फोट भएकाले मानवीय क्षति नभए पनि भौतिक क्षति पुगेको छ ।
विष्फोट घटनाको अनुसंधानको लागि केही व्यक्तिहरूलाई सोधपुछको लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर साहले बताउनु भयो ।

