चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बाग्मती गाउँपालिका ६ का मुन्ना स्याङ्तानलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले गत असार ३ गते यौन दुर्व्यवहार गरी भागेको भन्दै आरोपितविरूद्ध पीडित बालिकाका आफन्तले साउन १३ गते प्रहरीमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई मङ्सिर २२ गते बागमती गाउँपालिका–३ स्थित कुत्ती भकारीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते हेटौँडा अस्पतालमा गरिएको छ ।