१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गौरादह नगरपालिका–५ का ३० वर्षीय सान्तोष राईलाई जिल्ला अदालत झापाले मङ्सिर १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले अभियाग दावी पुग्ने ठहर गदै सो फैसला गरेको अदालतले जनाएको छ । कैदका साथै १५ हजार रुपियाँ जरिबाना असुल गर्न आदेश दिएको हो ।
पीडित बालिकालाई आरोपितले गत भदौ ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गत भदौ ९ गते इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएको थियो ।
प्रहरीले राईलाई सोही दिन गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते मेची अञ्चल अस्पतालमा गरिएको थियो ।
झापा जिल्ला अदालतको असोज २ गतेका आदेशले राईलाई पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।