INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाका कार्यकर्ताद्वारा तरुणदलका कार्यकर्तामाथि आक्रमण, आरोपितविरूद्ध प्रहरीमा उजुरी

तुलसीपुर उमनपा–११ हस्नापुरका तरुण दलका कार्यकर्ता २० वर्षीय कृष्ण बस्नेतलाई कुटपिट गरेको भन्दै पीडित पक्षले नेकपाका कार्यकर्ता तुलसीपुर उमनपा–१० का २२ वर्षीय विनायक खड्काविरूद्ध मङ्सिर ११ गते इलाका प्रहरी कार्यलय तुलसीपुरमा उजुरी दर्ता गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेको श्रीगाउँको आमसभामा सहभागी भएर फर्कँदै गर्दा मङ्सिर ९ गते कांग्रेसको सभामा किन गएको भन्दै आरोपितले पछाडिबाट वियरको बोतलले टाउकोमा प्रहार गरेको पीडित पक्षको आरोप छ ।

घाइतेको प्रारम्भिक उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनायो ।

पीडित पक्षले मङ्सिर १० गते उजुरी दिन खोज्दा प्रहरीले नलिएकाले मङ्सिर ११ गते उजुरी दर्ता गरिएको नेपाली कांग्रेस दाङका सचिव शङ्कर डाँगीले बताउनु भयो । कुटपिट घटनाका आरोपित खड्का फरार रहेको प्रहरीले जनायो ।

photo20191128dang

अन्य

भिडियो