INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई अन्दाजी २० वर्षीय अपरिचित व्यक्तिले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर १० गतेका जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
मङ्सिर ७ गते दिउँसो बालिका भैँसी चराउन गएको बेला आरोपितले यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित बालिका हारगुहार गर्दै कराएपछि स्थानीय घटनास्थलमा पुग्दा आरोपित फरार भएको पीडितकी आमाले बताउनु भयो ।

पीडित बालिकाकी आमाले बालिकाले भने अनुसार आरोपितको हुलिया उल्लेखित गरेर प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते सर्लाही जिल्ला अस्पताल मलङ्वामा गरिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठोरले जानकारी दिनु भयो ।

अन्य

भिडियो