सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भोक्राहा नरसिंह गाउँपालिकाका सदस्य ४० वर्षीय कारी यादवलाई अपरिचित व्यक्तिको समूहले धारिलो हतियार प्रहार गरी मङ्सिर ४ गते बिहान हत्या गरेको प्रहरीले जनाएको छ ।
इनरूवा नगरपालिका–१ का यादवको अपरिचित व्यक्तिको समूहले बिहान ३ बजे धारिलो हत्या प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले बताए ।
६ जनाको समूहमा आएका अपरिचित हतियारधारीले घरबाट निकालेर बाटोमा लगि हत्या गरेको प्रारिम्भक अनुसन्धानबाट खुलेको डिएसपी शर्माले बताए ।
शवको पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिने तयारी गरिरहेको डिएसपी शर्माले बताए ।