INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक पेटीमा बस्दै आएकी बेसाहरा महिलालाई इन्सेकको पहलपछि आश्रममा पठाइयो

बाणगङ्गा नगरपालिका–४ स्थित जीतपुरमा बेसाहरा अवस्थामा सडक पेटीमा बस्दै आएकी ३५ वर्षीया एक महिलालाई इन्सेकको पहलपछि मानव सेवा आश्रम बुटवलमा राखिएको छ ।

जितपुर चोकको उत्तरतर्फको सडकको छेउमा खुला आकाशमुनि बस्दै आएकी महिलालाई इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यले इलाका प्रहरी कार्यालय पिपरा र मानव सेवा आश्रम बुटवलसँग समन्वय गरे पश्चात उक्त आश्रमको टोली आएर मङ्सिर १ गते आश्रममा लगेको हो ।

इन्सेक जिल्ला प्रतिनिधिको पहलमा इलाका प्रहरी कार्यालय, स्थानीय दिना सुवेदी लगायतको सहयोगमा उद्धार गरिएको हो ।

आफ्नो नाम ठेगाना बताउन नसक्ने ती महिलालाई स्थानीयहरूले खाना तथा लत्ताकपडाको व्यवस्था गरी संरक्षण गरिएको स्थानीय दिना सुबेदीले बताइन् ।

अन्य

भिडियो