२५ वर्षीया भारतीय महिलालाई नेपाल ल्याई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले ४५ वर्षीय भारतीय नागरिक मोहम्मद रियाजलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।
विराटनगर रानीस्थित होटलबाट रियाजलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–१५ रानीमा सञ्चालित एक होटलका कामदारका रूपमा रहेका आरोपितले नेपाली र भारतीय महिलालाई ग्राहक खोजीदिने र यौन कार्यमा संलग्न गराउने गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय डिएसपी घनश्याम श्रेष्ठले बताए ।
डिएसपी श्रेष्ठले आरोपितले कल गर्लका रूपमा बालिका, महिला र युवतीहरूलाई ग्राहक खोजीदिने गरेका थिए ।
सादा पोशाकमा प्रहरी ग्राहक बनेर गएपछि महिला र आरोपितलार्ई होटलबाटै गिरफ्तार गरेको डिएसपी श्रेष्ठले बताए ।
आरोपितमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।