४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फिदिम नगरपालिका–१४ का ४५ वर्षीय धनसिङ फागोलाई अदालतले कात्तिक २६ गते आठ वर्ष कैद सजाय फैसला गरेको छ ।
न्यायाधीश मोहनराज भट्टराईको इजलासले पीडितलाई कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश दिएको अदालतका सूचना अधिकारी याम चौहानले बताए ।
आरोपितले गत वैशाख २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले वैशाख २८ गते गिरफ्तार गरी कानुनी कारवाही अघि बढाएकोमा जिल्ला अदालतको जेठ २३ को आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २८ गरिएको थियो ।