भोजपुर नगरपालिका–४ की ७३ वर्षीया कुमारी दर्जीलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७५ वर्षीय पति शरणबहादुर दर्जीलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।
विवादका क्रममा पीडितलाई आरोपितले कात्तिक १९ गते खुकरी प्रहार गरी घाइते बनाएको जानकारी स्थानीयले दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पाण्डवकुमार राजवंशीले बताए ।
घाइतेको उपचारका लागि कात्तिक १९ गते जिल्ला अस्पतालमा लगेपनि यहाँ उपचार सम्भव नभएपछि नोवेल अस्पताल विराटनगरमा लगी कात्तिक २० गतेदेखि उपचार भइरहेको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि