INSEC Online

📅 २०८३ जेष्ठ २१

१० बुँदे सहमतिपछि आफन्तले पाण्डेयको शव बुझे

१० बुँदे सहमतिपछि कृष्णनगरमा कात्तिक १४ गते प्रहरीको गोली लागि मृत्यु भएका सुरज पाण्डेयको शव आफन्तले बुझेका छन् ।

मृतक पाण्डेयको शव जिल्ला अस्पताल तौलिहवामा पोष्टमार्टमको प्रकृया पुरा गरी कात्तिक १५ गते परिवारलाई बुझाइएको छ ।

मृतकका परिवारले काजक्रिया बापत २५ हजार रुपियाँ बुझेका छन् । कात्तिक १५ गते तौलिहवामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले मृतकका हजुरबुबा ओमप्रकाश पाण्डेयलाई सो रकम बुझाएका हुन् ।

रकम हस्तान्तरण गर्दै प्रजिअ श्रेष्ठले मृतकका परिवारले क्षतिपूर्ति बापत माग गरेको रकमको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

स्थानीय प्रशासनले कर्फ्यु जारी गरेकै समयमा निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले चलाएको गोली लागि भारतीय नागरिक सुरज पाण्डेयको मृत्यु भएको थियो ।

सहमति भएका बुँदामा मूर्ति विसर्जन गर्न अवरोध गर्ने आरोप लागेका जमाल खाँलाई कानुनी कारबाही गर्ने, मृतक सुरजकुमार पाण्डेयका परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मृतक पाण्डेयलाई शहीद घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कर्फ्युलाई क्रमशः घटाउँदै लैजाने लगायत १० बुँदा रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

photo20191102kapilvastu (1)

photo20191102kapilvastu (2)

अन्य

भिडियो