INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा कार्यालयमा तोडफोड गरेको आरोपमा तीनजना गिरफ्तार

आठविसकोट नगरपालिका–१४ को वडा कार्यालयमा असोज १२ गते तोडफोड गरेको आरोपमा प्रहरीले असोज १६ गते तीनजनालाई गिरफ्तार गरेको छ ।

अज्ञात पक्षले तोडफोड गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आठविसकोटसँगको समन्वयमा जिल्लाबाट खटिएको विशेष सुराकी टोलीले आठविसकोट नगरपालिका–१४ ज्यामिरकोटका २१ वर्षीय विश्वास मल्ल, सोही ठाउँका २१ वर्षीय दिपक भनिने समिर चन्द र १९ वर्षीय तिलक मल्ललाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।

उनीहरूले वडा कार्यालयको भवनको ढोका र झ्याल फुटाई क्षति पु¥याएको प्रहरीले जनाएको छ । विश्वास र समिरलाई असोज १५ गते नै गिरफ्तार गरिएकोमा अनुसन्धान गर्दा तिलक पनि संलग्न रहेको भन्दै खोजतलास गर्दा असोज १६ गते सानीभेरी गाउँपालिका–१ पूर्तिमकाँडाबाट गिरफ्तार गरिएको डिएसपी खड्काले बताए ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको  प्रहरीले जनायो ।

अन्य

भिडियो