INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रहरीबाट दुर्व्यवहार भएको पीडितको आरोप, अधिकारकर्मीद्वारा घटनाको अनुगमन

बागमती नपा–२ स्थित धरहराका ४० वर्षीय हरिकृष्ण पौडेललाई असोज १४ गते इलाका प्रहरी कार्यालय हरिवन कार्यालयमा दुर्व्यवहार गरेको घटनाको मानव अधिकारर्मीहरूको एक टोलीले असोज १५ गते अनुगमन गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, एडभोकेसी फोरम प्रदेश २ कार्यालय, नेपाल मानव अधिकार सङ्गठन र थर्ड एलाइन्सका प्रतिनिधिहरूले असोज १५ गते संयुक्त रूपमा उक्त घटनाको अनुगमन गरेको हो ।

अधिकारर्मीहरूले पीडित पौडेल र इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुभाष भट्टराइसँग भेटी घटनाको बारे जानकारी लिएका छन् ।

असोज १४ गते बिहान १०ः३० बजे इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर भट्टराईले आफ्नो कार्य कक्षमा एक्लै बोलाएर धम्क्याउँदै मिडियाबाजी किन गरेको, १० करोड रुपियाँ दिएको झटो कुरा किन फैलाएको र दाइ कुमार पौडेलको ‘मृत्यु’ प्रकरण सम्बन्धमा किन मानव अधिकारकर्मीलाई भन्दै हिँडेको भनी आफूमाथि हातपात समेत गरेको र घाँटी न्याकेको पीडित पौडेलले बताए ।

इन्स्पेक्टर भट्टराइले आफूलाई सोधपुछका क्रममा धाकधम्की दिई हातपात समेत गरी ज्यान मार्ने धम्की दिएको पीडित पौडेलले अधिकारकर्मीलाई बताए ।

‘पौडेललाई एक्लै बोलाई सामान्य सोधपुछ मात्र गरेको हो । सोधपुछ गर्नको लागि मात्र बोलाइएको हो । कुटपिट गरेको छैन ।’–इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुभाष भट्टराइले भने । पीडितले प्रहरी कार्यालयमा र्दुव्यवहार भएको बताएपनि उजुरी भने कुनै निकायमा नदिएको बताए ।

पीडित हरिकृष्ण पौडेल प्रहरीको गोलीबाट मारिएका बागमती नगरपालिका–२ धरहरा निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाही जिल्ला इञ्चार्ज ४७ वर्षीय कुमार पौडेलका भाइ हुन् ।

कुमार पौडेललाई ०७६ असार ५ गते दिउँसो अन्दाजी २ बजे लालबन्दी नगरपालिका–१ स्थित लखनदेही नजिकैको जङ्गलमा प्रहरीको गोलीबाट मारिएका थिए ।

photo20191004sarlahi

अन्य

भिडियो