INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा विद्यालयमा रहेको इन्टरनेटको टावर तोडफोड

खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा रहेको रिले स्टेशनको टावरमा असोज १३ गते राति अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

सो विद्यालयमा खार्पुनाथ गाउँपालिकाको कार्यालयले पुरै गाउँपालिका भ्याउने गरेर वाईम्याक्स र वर्डलिङ्कको रिले स्टेशन टावर राखेको थियो ।

टावरमा ढुङ्गा हानेर तोडफोड गरी क्षति पुर्‍याइएको मानधारा माध्यामिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिए । टावर तोडफोड भएपछि खार्पुनाथ गाउँपालिकाका स्थानीय इन्टरनेट सेवाबाट वञ्चित भएका छन् ।

इन्टरनेटको टावर तोडफोड भएको भन्दै विद्यालयका तर्फबाट याङ्चु प्रहरी चौकीलाई असोज १४ गते उजुरी गरेको र उजुरी अनुसार घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

अन्य

भिडियो