१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–६ का २४ वर्षीय प्रदिप मगरविरूद्ध भदौ ३१ गते जिल्ला अदालतले १४ वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश मोहन भट्टराईको एकल इजलासले कसुरदारवाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन समेत फैसला गरेको अदालतले जनाएको छ । आरोपित ०७५ चैत २८ गतेदेखि पूर्पक्षका लागि जिल्ला कारागारमा रहेका थिए ।
पीडितलाई मगरले फागुन २७ गते बलात्कार गरेको भन्दै उनलाई चैत ४ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
पीडितका आफन्तले चैत ५ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।