INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद फैसला

४२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, लमजुङले ४२ वर्षीय देवरलाई १२ वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको छ ।

अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको भदौ २६ गतेको इजलासले आरोपितलाई दोषी ठहर गर्दै सो फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार जगतबहादुर भण्डारीले जानकारी दिए ।

आरोपितलाई दोषी ठहर गरी ८ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपुर्ति, हाड नाताको बलात्कार भएकोले थप चार वर्ष कैद र ५० हजार रुपियाँ जरिबाना गरी सजाय तोकिएको श्रेस्तेदार भण्डारीले बताए ।

पीडितलाई आरोपितले ०७५ माघ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १८ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई माघ २१ गते गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २० गते जिल्ला सामुदायिक अस्पताल, लमजुङमा गरिएको थियो ।

अन्य

भिडियो