INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतबाट तीन जना थुनुवा फरार

इलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका तीन जना थुनुवा असार २८ गते राति शौचालयको भेन्टिलेटर तोडेर फरार भएको जिल्ला प्रहरी कार्याालयले जनाएको छ ।

फरार हुनेहरूमा असार २७ गते लागु औषध मुद्दामा गिरफ्तार परेका खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन बिक, असार २३ गते सार्वजनिक अपराध मुद्दामा गिरफ्तार परेका खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र सोही ठाँउका १९ वर्षीय उज्वल कार्की रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विरबहादुर वलीले हिरासतमा रहेका तीनजना थुनुवा शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेको बताए । एसपी वलीका अनुसार उनीहरूको खोजी भइरहेको छ ।

अन्य

भिडियो