१० महिने छोरीलाई जिउँदै आगोमा राखेर जलाएको कसुरमा आमाबुबालाई जिल्ला अदालत दार्चुलाले असार २९ गते कैद फैसला सुनाएको छ ।
न्यायाधीश गिरीराज गौतमको इजलासले व्यास गाउँपालिका–५ का २२ वर्षीय नविन विष्ट र २० वर्षीया पत्नी शिला विष्टलाई कैद सजाय सुनाएको हो ।
गत वैशाख २६ गते धौलाकोट चुकपानीस्थित आफ्नै घर नजिकैको खरमा आगो लगाएर बालकको हत्या भएको थियो ।
जिल्ला अदालत दार्चुलाले बुबा नविन विष्टलाई जन्मकैद तथा आमा शिलालाई दुई वर्ष कैद फैसला सुनाएको हो ।
छोरीको हत्यामा दुवैको संग्लनता रहेको भन्दै अदालतले फैसला सुनाएको हो । शवको पोष्टमार्टम वैशाख २७ गते जिल्ला अस्पतालमा गरिएको थियो ।