INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भोजपुर नगरपालिका–५ बोखिमका २३ वर्षीय कुमारप्रसाद घिमिरेलाई अदालतले असार ८ गते १० वर्ष कैद र ६० हजार रूपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायधीश हरिश्चन्द्र इङ्गनामको इजलासले सो फैसला गरेको हो ।

पीडित बालिकालाई घिमिरेले ०७५ फागुन २६ गते होटलमा राखी बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए लगत्तै प्रहरीले घिमिरेलाई गिरफ्तार गरी कारवाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको थियो ।

अन्य

भिडियो