इलाम जिल्ला माईजोगमाई गाउँपालिका- ५ घर भई एनएमबी माइक्रो फाईनान्समा कार्यरत २० वर्षीया सुजाता तामाङको हत्या भएको आरोपमा पीडित पक्षले असार ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।
पहिचान नभएका आरोपितहरूलाई खोजी गरी कानुनी कारबाही गर्न माग गर्दै पीडितका आफन्तले उजुरी दिएका हुन् ।
पीडित पक्षको उजुरी दर्ता गरी अनुसन्धान थालिएको सो कार्यालयमा इन्स्पेक्टर अनिल पौडेलले बताए ।
हिलिहाङ गाउँपालिका-६ स्थित जङ्गलमा घाँटी रेटी हत्या गरिएको अवस्थामा असार ३ गते उनको शव फेला परेको थियो ।
फाइनान्स पक्ष र पीडित परिवारबीच छलफल भइरहेकाले शवको पोष्टमार्टम गर्न ढिलाई भइरहेको इन्स्पेक्टर पौडेलले बताए ।
शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । पीडित परिवारले घटनाको निश्पक्ष छानविन र उचित क्षतिपूर्तिको माग राखेको छ ।