१७ वर्षीया बालिकालाई जागिरको प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्ला रेसुङ्गा नपा-१४ पराल्मी घरभई सिर्द्धार्थनगर नपा-३ मा भट्टराई गेष्ट हाउस सञ्चालन गर्दै आएका ३१ वर्षीय कमल भट्टराईलार्इ असार १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले होटलमा सरसफाईको काम दिने प्रलोभन देखाएर यौन पेशा गर्नका लागि विभिन्न होटल तथा घरहरूमा पुर्याएको र पीडा सहन नसकेर भागेर प्रहरीलाई घटनाबारे जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाले असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितविरूद्ध मानव बेचबिखन तथा साङ्गठनिक अपराधमा मुद्दा दर्ता गरी कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।