INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीबन्दी अन्यत्र कारागारमा सर्न नमान्दा व्यवस्थापनमा कठिनाई

कारागारमा रहेका कैदीबन्दी अन्यत्र सरेर जान नमान्दा सुत्ने ठाउँ, पानी, शौचालयलगायतमा कैदीबन्दीलाई समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

३५ जनाको क्षमता रहेको कारागारमा हाल चार जना महिलासहित ६८ जना कैदीबन्दी छन् । जसमा ५६ जना कैदी र आठ जना थुनुवा रहेको चौकीदार विष्णु आलेमगरले बताए ।

क्षमता भन्दा बढी कैदीबन्दी भएका कारण औषधि उपचारलगायतमा समस्या भएको कारागार प्रशासन प्रमुख रामप्रसाद नेपालले बताए ।

प्रमुख नेपालले कैदीलाई सहजताका लागि अन्यत्र सार्न खोजिए पनि उनीहरू नमानेका कारण कारागारमा पानी, ठाउँ, औषधिमूलोमा समस्या हुने गरेको बताए ।

कैदीबन्दी बढी भएका कारण विविध खाले समस्या रहेको र सो समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदा पनि समस्याको समाधान नभएको प्रमुख नेपालको भनाई छ ।

पुरूष कारागार जीर्ण भएको र वर्षात्‌को समयमा रूज्दै सुत्नु पर्ने गरेको कैदी नविन थापाले बताए । कारागार भवन जीर्ण भएको र नयाँ कारागार भवन निर्माण गर्ने कुराकानी चलेपनि कारागारको जग्गा अतिक्रमणमा परेकाले नयाँ भवन निर्माण हुन नसकेको कारागार प्रशासनले जनाएको छ ।

अन्य

भिडियो