INSEC Online

📅 २०८३ जेष्ठ २१

पोखरीको ठेक्कामा समावेश नगराएको भन्दै राजपा कार्यकर्ताद्वारा कुटपिट

कौडेना गाउँपालिका–६ सक्रौलका ४४ वर्षीय नागेन्द्र सहनी मल्लाहलाई जेठ ३१ गते पोखरीको ठेक्कापटामा समावेश नगराएको भन्दै राजपा नेपालका कार्यकर्ताहरू कौडेना गाउँपालिका–६ सक्रौल ब्रहम टोलका ३६ वर्षीय विजय राय, ४० वर्षीय सन्तोष राय, ४८ वर्षीय सुरेन्द्र सहनी, ५२ वर्षीय रामपुकार राय यादव, ५५ वर्षीय वीरेन्द्र राययादव र सोनफी सहनी मलाहले कुटपिट गरेका छ ।

कुटपिटबाट ठेकेदारी गर्दै आएका नागेन्द्र सहनी मल्लाहको टाउकोमा चोट लागेको छ । घाइते भएका मल्लाहको उपचार सक्रौलकै स्वास्थ्य चौकीमा गरी थप उपचारका लागि जिल्ला अस्पताल सर्लाहीमा लगिएको छ ।

इलाका प्रहरी कार्यालय सिमरामा जेठ ३१ नै घटनाबारे जानकारी गराएको कौडेना गाउँकालिका–६ का वडा अध्यक्ष रामकिशोर रायले जानकारी दिए ।

घाइतेको अवस्था गम्भीर रहेको हुँदा उनको उपचारतर्फ ध्यान दिनु परेकाले उजुरी गर्न बाँकी रहेको पीडित पक्षले जनायो । आरोपितहरूलाई गिरफ्तार गरिएको छैन ।

अन्य

भिडियो