INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

मलङ्गवा नपा–२ की ५४ वर्षीया मिनादेवी ठाकुरलाई हजामको कार्य तथा नङ नकाटिदिएको आरोपमा सोही ठाउँका २४ वर्षीय रञ्जितकुमार राय, २५ वर्षीय नागेन्द्रकुमार महतो र ३२ वर्षीय पप्पु साहले कुटपिट गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

कुटपिटबाट मिनादेवी ठाकुरको दाहिने हात भाँचिएको छ । उनको उपचार जिल्ला अस्पताल सर्लाहीमा भएको छ ।

पीडित महिलालाई आरोपितहरूले जेठ २७ गते ९:०० बजे विहान कुटपिट गरेको आरोप छ । यस घटनाबारे प्रहरीले जिल्ला सामुदायिक प्रहरी केन्द्रमार्फत आरोपितहरूलाई गिरफ्तार गरेर छानविन गर्ने गरी जिल्ला सामुदायिक प्रहरी केन्द्रले जानकारी गराएको छ ।

अन्य

भिडियो