तीन वर्षीया बालिकालाई अपहरण गरेको कसुरमा जिल्ला अदालतले घोराही उमनपा–९ का २७ वर्षीय प्रयास भनिने भागिराम चौधरीलाई जेठ २६ गते तीन वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश हरिप्रसाद शर्मा उपाध्यायको इजलासले जेठ २६ गते चौधरीलाई तीन वर्ष कैद, ३० हजार रुपियाँ जरिवाना र पीडितलाई १५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाईले बताए ।
पीडित बालिकालाई चौधरीले ०७५ माघ २८ गते कालिकोट जिल्ला खाडा गाउँपालिका–४ स्थायी घर भई अभिभावकसँग घोराही उमनपा–१४ कपासी बस्ने बालिकालाई अपहरण गरेका थिए ।
पीडित पक्षले माघ २८ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन घोराही उमनपा– १४ रतनपुर चोकबाट बालिकाको उद्दार गरी आरोपितलाई गिरफ्तार गरेको थियो ।