१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका-४ ढोडेनीका ४९ वर्षीय मनबहादुर श्रेष्ठलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई आरोपितले जेठ १५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय, गोररखामा जेठ २६ गते मौखिक र जेठ २७ गते लिखित उजुरी दिएका थिए ।
पीडित पक्षको मौखिक उजुरीकै आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले जानकारी दिए ।
पीडित बालकको स्वास्थ परीक्षण जेठ २७ गते जिल्ला अस्पताल, गोरखामा गरिएको प्रहरीले जनाएको छ ।