INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला घर भई ललितपुरको वागमती गाउँपालिका–४ प्युटारस्थित फुर्केडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक ५८ वर्षीय रामनारायण यादवलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १९ गते कक्षामा कोही नभएको बेला यौन दुर्व्यवहार गरेको भन्दै  पीडित पक्षले आरोपितविरूद्ध जेठ २३ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको सो वृत्तका डिएसपी राजकुमार खिउजुले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २३ गते पाटन अस्पतालमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो